फोटोग्राफीको दुनियाँमा नयाँ प्रयोग : Dslr Sewa online एप्लिकेशन ! (आजै डाउनलोड गर्नुहोस)

0
104

चितवन ।  लकडाउनका कारण घरमा बस्दा बस्दै दिक्क लागेर रमाइलो ठाउँमा घुम्न जाने सोच बनाउनु भएको छ । तर साथमा फोटो किच्ने क्यामेरा पनि छैन, भनेर चिन्तित हुनुभएको त छैन ? अब चिन्ता नगर्नुहोस । विगत ३ वर्ष देखि नारायणी नदि किनारमा फोटो खिच्दै आएको डि.एस.एल.आर. सेवाले आफ्नो क्षेत्र बिस्तार गरेको छ ।

Advertisements

पढाई संगै आफुलाई व्यवसायीक रुपमा अघि बढाउनु पर्छ भन्ने सोचका साथ फरक ढंगबाट व्यवसाय सुरु गरेका सन्तोष कुँवर र सन्देश कुँवरले डि.एस.एल.आर. सेवालाई थप व्यवसायिक र परिष्कृत गर्दै मोबाइल एप्लिकेशन सार्वजनिक गरेका छन् । आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत डि.एस.एल.आर. सेवा अनलाइन ( Dslr Sewa online ) सार्वजनिक भएको हो । No description available.

मानिसहरुले आफुले चाहेको मुल्य, समय, ठाउँ र क्यामेरामा आफ्नो फोटो खिच्न सक्नेछन् । हामीले हाम्रो एप्लीकेशनमा ५ सय देखि माथिको सेवा राखेका छौ । जसले फोटोको लागी क्यामेराम्यान विवाह तथा ठुला उत्सवमा मात्र बोलाउने हो र मंहगो शुल्क लाग्छ भन्ने भ्रम चिर्ने छ ।” संचालक सन्तोष कुँवरले भने, “यो नयाँ व्यवसायले फोटोग्राफीलाई थप व्यवसायीक बनाउछ भन्ने अपेक्षा गरेका छौ ।” No description available.

उनका अनुसार अव आफुले चाहेको फोटो तथा भिडियो स्टुडियो बाट चाहेको व्यक्ति संग सेवा लिन सकिने छ । मुल्य सुचि, उपकरण सहित उनीहरुले विगतमा गरेका कामको नमुना समेत एप्लिकेशनमा हुनेहुदाँ वागेनीङ्ग गरेर समय खर्च गर्नु पर्ने छैन ।

फोटो तथा भिडियो र फोटी ग्राफी बाट ठगीने समस्या हटने कुँवरको विश्वास छ। एप्लिकेशनलाइ गुगल प्ले स्टोरमा गएर Dslr Sewa online लेखि खोज्न र डाउनलोड गर्न सकिनेछ। No description available.

एप्लिकेशनमा फोटो खिच्न चाहनेको आफ्नै एकाउन्ट हुनेछ। जस बाट चार्डपर्व फोटोसुट , जोडी ९कपल० फोटोसुट, जन्मदिन फोटोसुट, क्यामेरा र फोटोग्राफर लगाएतको बुकिङ्ग गर्न सकिनेछ।

डिएसएलआर सेवाले फोटो र भिडियोग्राफि सम्बन्धी तालिम समेत प्रदान गर्दै आएको छ। विवाहको लागी छुट्टै अनलाईन वेभसाईट पनि संचालनमा ल्याउने तयारी रहेको छ।

३ बर्ष अघि स्थापित व्यवसायले अहिले दर्जनौलाई सिप सिकाउदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिदै आएको छ। उनले सुरु गरेको नौलो किसिमको व्यवसायको नारायणी किनारमा धेरैले सिको गरेर व्यवसाय समेत सुरु गरेका छन् ।

LEAVE A REPLY