महानगरीय अपराध महाशाखाद्वारा नक्कली प्रहरी बनेर झुक्याउने पक्राउ

0
23

काठमाण्डौ । नक्कली प्रहरी बनेर मध्यरातमा व्यापारीबाट अनुचित लाभ उठाउने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछाप खाडोदेबी गाउँपालिका वडा नं.६ घर भइ बाँनियाटार बस्ने २८ बर्षीय गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisements

विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने यूनिफर्म लगाएर रात्रीकालिन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने गरेको अनुसन्धान बाट खुलेको महानगरीय प्रहरी महाशाखा प्रमुख एस.एस.पी. दिपक थापाले जानकारी दिनुभयो । पक्राउ परेका खड्कालाई आवश्यक कानूनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको थापाको भनाइ छ ।

अनुसन्धानको क्रममा बरामद भएको सञ्चार सेटहरु बिदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिईएको र त्यसको दुरुपयोग गरेको पाइएको छ । सञ्चार सेटले नेपालमा रहेका अन्य सञ्चार सेटको आबृति प्रशारण टिप्ने गरेपनि आवाज फिर्ता नहुने खुलेको छ । यस बारे थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY