चोकबजारमा फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि हाइजनिक मिटमार्ट संचालनमा आउदै

0
14

भरतपुर। सोसियल मिट एण्ड फुड प्रालिको अपार सफलता संगै भरतपुर ६ चोकबजारमा फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि न्यु हाइजनिक मिटमार्ट संचालनमा आउने भएको छ।

Advertisements

२० लाखको लगानीमा चोकबजारमा हाइजनिक मिटमार्ट संचालनमा आउन लागेको हो। प्याकिङ्ग मिटहरु, फ्रोजन फुड्स , डेरी प्रोडक्ट र ताजा मासुका लागि मिटमार्ट संचालनमा ल्याउन लागेको संचालक दिपेन्द्र तिमिल्सेनाले बताए। कत्तिक १ गते देखि सेवा सुभारम्भ गर्न लागेको उनको भनाइ छ।

लकडाउन र कोरोना भाइरसको कहरका बीच आर्थिक गतिबिधिलाइ चलायमान गराउन र फ्रोजन फुड्सका साथै फ्रेस मिटका लागि भरतपुर सम्म पुग्ने बाध्यतालाइ हटाउन आफुले हाइजनिक मिटमार्ट सुरु गरेको तिमिल्सेनाको भनाइ छ। पूर्ण स्वास्थ्य सजगता अपनाउदै ब्यबसाय संचालन गर्ने र ग्राहकलाइ सेवा प्रदान गर्न आफु पर्खाइमा रहेको तिमिल्सेनाले बताए।

LEAVE A REPLY