श्रम शोषण विरुद्ध कठोर छौ : चितवन काङ्ग्रेस

0
15

चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खाजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीत नारायण श्रेष्ठले बताउनुभएको छ । उहाँले नेपाल टेड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न लागेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत टेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै श्रम शोषण गर्ने विरुद्ध आफुहरु लड्न तयार रहेको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले कार्यस्थलमा खटिएका श्रमजिबीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिदै सो को सम्पूर्ण ब्यावस्था सञ्चालकहरुले गनुपर्ने बताउनु भयो । कोरोनाले दिएको कष्ट र भय बाट उम्कन सकारात्मक सोच र तनाब ब्यावस्थापननै अचुक अस्त्र भएको उहाँले बताउनुभयो ।

Advertisements

भैतिक दुरी कायम गर्दै सम्पन्न गरिएको सो अभिमुखिकरण कार्यक्रमा नेपाल टेड युनियन काँग्रेसमा आवद्ध बिभिन्न सघ सस्थाका २५ जना सदस्यको उपस्थिती रहेको थियो । सहभागीहरुलाई कोभिड १९ ले रोजगारी लगायत श्रम बजारमा पारेकोे प्रभाब र समाधानको उपाय, सस्थाको बर्तमान सांगठानिक संरचना, असगठित क्षेत्रका चुनैती र सम्भावना साथै अर्थब्यावस्था लगायतका बिषयमा नेपाल टेड युनियन काँग्रेस बागमति प्रदेश अध्यक्ष धनश्याम चापागाई, नेपाल टेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिब रमेश खनालले सहजीकरण गर्नुभएको थियो ।

नेपाल टेड युनियन काँग्रेस चितवनका पुर्व अध्यक्ष एंव केन्द्रिय सदस्य बैगुण्ठराज पौडेल, नेपाली काँग्रेसका नेता धनबहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रम नेपाल टेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

NO COMMENTS

LEAVE A REPLY