19 C
kathmandu,Nepal
२०७६ अशोज २८, मङ्लबार

स्वास्थ्य

 बागलुङ, १८ माघ  ।    काठेखोला गाउँपालिका–१ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो । रु. एक करोड ६६ लाखको लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको...
अमरगढी, १७ माघ । डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । अस्पतालमा...
भरतपुर, १७ माघ।  चितवनको राप्ती नगरपालिकाले भण्डारामा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ । भण्डारा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइएको हो । सरकारको एक नगरपालिका एक अस्पताल बनाउन पूर्वघोषित कार्यक्रमअन्तर्गत स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाले अस्पताल सञ्चालनमा...
काठमाण्डौ १६ माघ  ।  प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकले के के व्यवस्था गरेको छ ? अहिले यो विधेयक सबैको चासोको विषय बनेको छ ।संसदबाट विधेयक पारित भइसक्दा पनि अझैसम्म चिकित्सा शिक्षा सुधारका लागि भन्दै अनसनरत डा गोविन्द केसीले...
१४ माघ, काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् । हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए । आफ्ना एक भतिजसँग दिउसो साढे...
काठमाडौं माघ १४ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।  ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किएपछि शाहलाई हृदयघात भएको...
दाङ, १४ माघ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि माघ १३ गतेसम्म १४५ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका ५५ जना अरु २० वर्षमाथिका रहेको...
काठमाडौं १४ माघ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गदै चिकित्सकहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै...
काठमाडौँ, ११ माघ । अनशनरत डा गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा क्षेत्र सुधारका लागि यसअघि आफूसँग भएका सम्झौताको...
काठमाडौं ११ माघ । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् ।...

ब्रेकिङ्ग न्यूज

आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

असोज २८। जिल्ला अदालत रौतहटले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद...

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र...

भरतपुर-१६ को उपनिर्वाचनमा कांग्रेसबाट हमालको उमेद्वारी

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो। केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन मंसिर १४ गते हुने भएको...

रुम पार्टनर छान्दा हतार नगरौं, पर्न सक्छ समस्या

असोज २४ , आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको...

अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने लियोनोवको निधन

असोज २५, सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार निधन भएको छ । उनी ८५ वर्षका थिए ।  लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि...