कांग्रेस–माओवादी तालमेलप्रति उमेदवार असन्तुष्ट, चितवनमा देउवाविरुद्ध कांग्रेसकै विरोध प्रदर्शन

काठमाडौं ।  सत्तारुढ दुई ठूला दल कांग्रेस र माओवादी केन्द्रले काठमाडाैंसहित ४ वटै महानगरपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।तर त्यसको नेपाली कांग्रेसभित्रै तीव्र विरोध भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस्तो सहमति         भएको        थियो।
सहमतिअनुसार नेपाली कांग्रेसका शीर्ष नेताको बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा महानगरपालिकामध्ये २–२ वटामा तालमेल गरेर जाने विषयमा      छलफल     भएको        थियो।तर सभापति देउवाको यो प्रस्तावमा कांग्रेसकै अन्य नेताहरुले असहमति जनाएका थिए । महामन्त्री शशांक कोइरालले भने यस प्रस्तावमा सहमति जनाएको स्रोतले जानकारी        दियो।तर कृष्ण सिटौलाले कुनै पनि हालतमा तालमेल गर्न नहुने अडान राखेको स्रोतले जानकारी दियो । कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेस तथा ललितपुर र भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई दिने सहमति भएको हो । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच चारवटै महानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको पुष्टि गरे ।
बिहीबार पार्टी कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेस तथा ललितपुर र भरतपुरको मेयरमा माओवादी केन्द्रलाई छोडने सहमति भएको स्पष्ट पारे । दुवै पार्टीको सहमति अनुसार अव माओवादी केन्द्रले काठमाडाैं र पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिने र नेपाली कंँग्रेसले ललितपुर र भरतपुरमा मेयरको उम्मेदवारी फिर्ता गर्नुपर्नेछ ।महानगरपालिकाका वडा तहमा गर्ने तालमेलको विषय भने सम्बन्धित प्रदेश तहबाटै टुंगो लगाउने सहमति पनि भएको छ । नेपाली कांग्रेसले काठमाडाैं महानगरपालिकाको मेयरमा राजुराज जोशीको उमेदवारी मनोनयन गरेको थियो भने नेकपा माओवादी केन्द्रले सर्वोत्तम डंगोलको उम्मेदवारी मनोनयन गरेको छ ।त्यसैगरी पोखरा लेखनाथ महानगरमा कांग्रेसले मेयरमा रामजी कुँवर र माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछानेको उम्मेदवारी मनोनयन गरिएको छ । भरतपुर महानगरपालिकामा कांग्रेसले दिनेश कोइरालालाई मेयरको उम्मेदवारी दिएको थियो भने नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरको उम्मेदवारी बनाएको थियो ।ललितपुरमा कांग्रेसले चिरीबाबु महर्जनलाई मेयरको उम्मेदवार बनाएको थियो भने माओवादी केन्द्रबाट दिपेश महर्जनलाई मयेरको उमेदवार बनाइएको थियो । कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार मेयरमा कांग्रेसलाई सहमति गरेको काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकामा उपमेयरमा माओवादी केन्द्रलाई छोडनुपर्नेछ ।त्यसैगरी ललितपुर र भरतपुरमा माओवादी केन्द्रले उपमेयरमा कांग्रेसलाई छाडनुपर्नेछ । प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौं र ललितपुरमा महानगरपालिकामा चुनावी तालमेल गरेका छन । यसैबीच  भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा उमेदवारी दिएका दिनेश कोइरालाले कुनै पनि हालतमा आफ्नो उमेदवारी फिर्ता नहुने बताएका छन् ।उनले आफू तीव्र निर्वाचन प्रचार प्रसारमा रहेको बताउँदै कुुनै पनि हालतमा आफ्नो उमेदवारी फिर्ता नहुने धारणा राख ।“मैले मात्रै होइन, कोही पनि साथीहरुले उमेदवारी फिर्ता लिने भन्ने कुरा आउँदैन,” उनले  भने, “पार्टीले जस्तोसुकै निर्णय गरोस् । मेरो उमेदवारी फिर्ता हुँदैन ।”नेपाली कांग्रेसका शीर्ष नेताहरुको बिहीबार सानेपामा बसेको बैठकले काठमाडौं  र पोखरामा कांग्रेसलाई माओवादीले छाड्ने र चितवनमा माओवादीलाई छाड्ने निर्णय गरेको महामन्त्री शशांक कोइरालाले बताएका थिए । तर भरतपुर महानगरपालिकामा कांग्रेसका कोही पनि उमेदवारले उमेदवारी फिर्ता नलिने कोइरालाले  बताए।पार्टीको निर्णय हुनासाथ चितवनमा सभापति शेरबहादुर देउवाको पुत्ला दहन भएको छ । पार्टीको जिल्ला कार्यालय अगाडी सभापति शेरबहादुर देउवाविरुद्ध कांग्रेसकै कार्यकर्ताले नारा लगाउँदै विरोध गरेका थिए । उनीहरुले पार्टी नबेच्न समेत चेतावनी दिएका थिए ।

Advertisements