10 C
kathmandu,Nepal
२०७६ फाल्गुन १३, मङ्लबार

Tag: Featured News

ब्रेकिङ्ग न्यूज

अन्नपुर्णले पशु आहार उद्योग संचालन गर्दै, बागमती प्रदेशका कृषि मन्त्रि लामाले गरे शिलान्यास

शिव शर्मा, भरतपुर । भरतपुर ६ स्थित अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले पशु आहार उद्योग संचालनमा ल्याउने भएको छ । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण र संचालन हुन लागेको हो । उद्योगको...

माडीमा अनसनरत वडा अध्यक्ष पौडेलको स्वास्थ्य स्थिति बिग्रिदै, कांग्रेसले चक्का जाम गर्दै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको माडी नगरपालिकामा ४ दिनदेखि आमरण अनसन बसेका वडाध्यक्षको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तुको...

बास्कोटासँगै अरू संलग्नमाथि पनि निष्पक्ष छानबिन हुनुपर्छ : महत

पर्सा । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले माग गरेका छन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिकपछि बास्कोटाले शुक्रबारै पदबाट राजीनामा...

आज महाशिवरात्रि

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको...

‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार २०० भन्दा बढी

बेइजिङ । ‘कोरोनाभाइरस’को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको...